बुधबार, चैत १८, २०८२

मेस्सी टप-३ मा नपरे बालोन डि’ओरको अस्तित्व गुम्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- सन् २०१८ का लागि दिइने प्रतिष्ठित फुटबल अवार्ड बालोन डि’ओर आगामी डिसेम्बर ३ तारिखमा पेरिसमा दिइँदैछ । तर, यसपटकको बालोन डि’ओर उपाधिका लागि अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीलाई बलियो दाबेदार मानिएको छैन् । 

पाँच पटकका बालोन डि’ओर विजेता मेस्सी यसपटक टप-३ मा नै नपर्न नसक्ने बताउँदै आएका छन् । तर, यता रियल मड्रिड तथा स्पेन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक भिसेन्ट डेल बोस्कले मेस्सी बालोन डि’ओरको टप-३ मा पर्ने दाबी गरेका छन् । 

उनले मेस्सी टप-३ मा नपरे बालोन डि’ओरको आफ्नो अस्तित्व नै नरहने बताएका छन् । ‘यदि मेस्सी टप-३ मा परेनन् भने म ज्यादै अचम्ममा पर्ने छु ।’ डेल बोस्कले भने, ‘मेस्सी बालोन डि’ओरको टप-३ मा पर्नै पर्छ । 

किनकी मेस्सी टप-३ मा नपरे यो अवार्डले आफ्नो सबै अस्तित्व र महत्व गुमाउने छ ।’ उनले थपे, ‘यदि यो अवार्डले विश्वकै उत्कृष्ट एक खेलाडीलाई टप-३ मा समेट्न सकेन भने महत्वहीन हुनेछ ।’ मेस्सीले गत सिजन क्लब फुटबलमा उच्च प्रदर्शन गरेको बताउँदै उनले कम्तीमा टप-३ मा पर्ने हक रहेको डेल बोस्कले बताएका छन् । 

यसपटक बालोन डि’ओरका लागि रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच, युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रन्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।