बिहीबार, असार २५, २०८३

सुनको भाउ आज पनि बढ्यो

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा छापावाल सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

योसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। हिजो प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। 

आज तेजावी सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ।
 

प्रकाशित: Dec 04, 2023| 12:45 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्