सोमबार, मंसिर १, २०८२

श्रृंखलाले पार गरिन् अर्को खुड्‍‍किलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- मिस वर्ल्डको बलियो प्रतिस्पर्धीको रुपमा रहेकी नेपाली चेली श्रृंखला खतिवडा 'हेड टु हेड च्यालेन्ज' जित्दै उत्कृष्ट ३० मा पर्न सफल भएकी छन्।

चीनमा जारी प्रतियोगिताको ६८ औं संस्करणमा १२० देशका सुन्दरीमध्ये सबैभन्दा धेरै भोट पाइरहेकी खतिवडा 'हेड टु हेड च्यालेन्ज' पनि जित्न सफल भएकी छन्। यतिवेला मिस वर्ल्ड निकै रोमान्चक भइरहेको छ। प्रतियोगितामा सम्पूर्ण प्रतियोगीहरुलाई छ जना गरी छ देशका सुन्दरीहरुको एउटा समूह बनाइएको थियो। 

श्रृंखला समूह १३ मा परेकी थिइन। श्रृंखलाको समूहमा माल्डोभा, अर्जेन्टिना, बोसनिया एण्ड हर्जगोभिना, ग्वाम, लक्जेम्बर्गका सुन्दरी सहभागी थिए। 

यो विधामा हरेक समूहबाट एक उत्कृष्ठ प्रतियोगी छान्ने प्रावधान छ। उनी आफ्नो समूहका सबै प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ठ एकमा पर्न सफल भएकी हुन्। योसँगै उनी मिस वल्र्डमा प्रतिस्पर्धा गर्न पाउने भएकी छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्