मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबै लाग्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबै लाग्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

चितवन- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन्। 

National life

नारायणी नदी किनारमा सञ्चालित ‘चितवन नारायणी महोत्सव’ को आज समापन गर्दै मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्र लागूऔषध नियन्त्रणमा सँगसँगै अघि बढ्नु पर्ने बताए। उनले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै त्यसको प्रशंसा गरे।

रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको आयोजनामा यही मङ्सिर ६ गतेदेखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुमनारायण श्रेष्ठले दैनिक लागूऔषध दुर्व्यसनी बढेकामा चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रम नियमितरूपमा आयोजना गर्नुपर्नेमा जोड दिएका छन्।

लागूऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठका अनुसार महोत्सवमा अटोमोबिल, कृषि तथा हस्तकला सामग्रीका कक्ष राखिएका थिए। 

निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुर्व्यसनीविरुद्ध चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 02, 2023| 18:32 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्