बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत : मंसिर २४ देखि २९ सम्म दल दर्ताको समय

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत : मंसिर २४ देखि २९ सम्म दल दर्ताको समय

 |  शुक्रबार, मंसिर १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। 

आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मङ्सिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ। 

दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आगामी माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ। 

स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। सरकारले यही मङ्सिर १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो।

प्रकाशित: Dec 01, 2023| 21:25 शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्