आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • यस्तो छ २६ जिल्ला समेट्ने एमालेको 'झुलाघाट-चिवाभञ्ज्याङ' यात्राको रुट

यस्तो छ २६ जिल्ला समेट्ने एमालेको 'झुलाघाट-चिवाभञ्ज्याङ' यात्राको रुट

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ शुभारम्भ गरेका छन्। बिहीबार नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा ओलीले सूर्य–चन्द्र अंकित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन्।

National life

स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै मध्य पहाडी लोकमार्ग यात्राले देशको नीतिमा निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने अध्यक्ष ओलीको भनाइ छ।

अध्यक्ष ओलीले यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने पनि बताए। एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटर यात्रा २१ दिनसम्म गर्दैछ।

यात्रामा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन्। यात्रा चिवा भञ्ज्याङ पुगेर सकिनेछ।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 30, 2023| 12:10 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्