बिहीबार, असार २५, २०८३

मध्य पहाडमा दुई हजार किलोमिटर नाप्दै एमाले

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अभियान शुभारम्भ रहेका हुन्।

बैतडीको झुलाघाटबाट अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले राष्ट्रिय झण्डा फहराएका थिए। अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी बैतडी पुगेका छन्।

ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ।

पुष्पलाल मध्य पहाडी लोकमार्गको कुल लम्बाइ १८७९ किलोमिटर छ। तर सबैतिर ट्र्याक जोडिइसकेको छैन। बाइपास अथवा वैकल्पिक बाटोहरू प्रयोग गर्नुपर्दा झन्डै दुई हजार किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ।

एमालेले तिहारअघि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई बाटो हेर्न पठाएको थियो। ज्ञवाली पूर्व पाँचथरबाट बाटो हेर्दैहेर्दै नुवाकोटसम्म आइपुगेका थिए भने रिमालले बैतडीको झुलाघाट हुँदै गोरखासम्मको बाटो हेरेका थिए।

उनीहरूले मध्यपहाडी राजमार्गमा अभियान चलाउन सकिने निष्कर्ष सुनाएपछि एमालेको २५ औं सचिवालय बैठकले २१ दिन लामो ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ सुरू गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Nov 30, 2023| 10:15 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्