आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाको दुई नम्बर उपसभापतिमा डा. स्वर्णिम वाग्ले, यस्तो छ सचिवालयको सूची

रास्वपाको दुई नम्बर उपसभापतिमा डा. स्वर्णिम वाग्ले, यस्तो छ सचिवालयको सूची

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई दुई नम्बर उपसभापति बनाएको हो। 

National life

पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। उनलाई आजै पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

रास्वपाले केन्द्रीय समितिभित्रै सचिवालयसमेत बनाएको छ। पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए छ।

रास्वपाको सचिवालय

१. सभापति - रवि लामिछाने
२. उपसभापति - डिपि अर्याल
३. उपसभापति - डा. स्वर्णिम वाग्ले
४. महामन्त्री - डा. मुकुल ढकाल 
५. सहमहामन्त्री - कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री - सुमना श्रेष्ठ
७. सहमहामन्त्री - विपिन आचार्य
८. संसदीय दलको उपनेता - विराज भक्त श्रेष्ठ
९. प्रमुख सचेतक - सन्तोष परियार 
१०. कोषाध्यक्ष - लिमा अधिकारी
११. सहकोषाध्यक्ष - बसु माया तामाङ
१२. सहकोषाध्यक्ष - दीपक बोहोरा

kumari

प्रकाशित: Nov 29, 2023| 18:17 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्