सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले राम्रो काम गरिरहेको छ, मन्त्री फेरबदलको सम्भावना छैन : अर्थमन्त्री महत 

सरकारले राम्रो काम गरिरहेको छ, मन्त्री फेरबदलको सम्भावना छैन : अर्थमन्त्री महत 

 |  बुधबार, मंसिर १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

vianetvianet

काठमाडौं- अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले अहिले मन्त्री फेरबदलको सम्भावना नभएको बताएका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि बुधबार सञ्चारकर्मीहरूसँगको कुरा गर्दै अर्थमन्त्री डा. महतले सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताएका हु्न। 

triton college

उनले भने, ‘सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ। फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन।’ उनले विभिन्न बाहनामा अहिलेको व्यवस्थामाथि प्रश्न उठाउने काम भइरहेको भए पनि त्यो असम्भव रहेकोसमेत बताएका छन्। 

उनले गणतन्त्रका पक्षमा ठूलो जनमत रहेकोसमेत दाबी गरे। ‘विभिन्न बाहनामा यो व्यवस्थामाथि प्रहार गर्ने र यसलाई कमजोर पार्ने प्रयास भइरहेको छ। तर यो व्यवस्था त्यति कमजोर छैन, यो जनताको माझबाट स्थापित छ, यसमाथि प्रश्न उठाउने लक्ष्यकासाथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर पार्ने कोसिस भइरहेको छ। यो यति कमजोर छैन। यसको पक्षमा ठूलो जनमत छ। समस्याहरू छन्, क्रमशः समाधान गर्दै अघि बढ्नुपर्छ।’

उनले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत पुनर्स्थापनाका लागि ठूलो बजेटको खाँचो हुने देखिएको बताए। सरकारले आफ्नो स्रोत साधनबाट मात्रै पुनर्स्थापना र पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको भन्दै उनले त्यसका लागि दातृ निकायको समेत समर्थन र सहयोगको खाँचो रहेको बताए।

प्रकाशित: Nov 29, 2023| 17:46 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्