बिहीबार, असार २५, २०८३

अस्थायी आवासका लागि ५० हजार एकमुष्ट दिन कांग्रेसको आग्रह 

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारलाई आग्रह गरेको छ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको रकम पुगे नपुगेकोबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतसँग जानकारी लिएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार दुबै मन्त्रीले केन्द्रबाट रकम पठाएको, तर पीडितको हातमा नपुगेको विषयमा आफूहरु पनि चिन्तित रहेको बताएका थिए।

बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट दिन सरकारलाई आग्रह गरेको छ। सरकारले बनाएको कार्यविधिमा २५ हजार सुरुमा र आवास निर्माण सुरु भएपछि थप २५ हजार रुपैयाँ दिने उल्लेख छ। 

प्रकाशित: Nov 29, 2023| 17:35 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्