बिहीबार, असार २५, २०८३

रास्वपाका १४ सांसद केन्द्रीय सदस्य मनोनित

 |  बुधबार, मंसिर १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो।

महोत्तरीको जलेश्वरमा मंसिर ११ देखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई जिम्मेवारी दिने निर्णय भएको हो। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगीलाई केन्द्रीय समिति सदस्य मनोनयन गरिएको छ।
यसैगरी सांसदहरू स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल, लक्ष्मी तिवारी, चन्दा कार्की, असीम शाह, अशोककुमार चौधरी, विनिता कठायत, शिव नेपाली, शिशिर खनाल, हरि ढकाल, डा. तोशिमा कार्कीलाई केन्द्रीय समिति सदस्यमा चयन गरिएको छ। रास्वपाका २१ संघीय सांसद छन्।

यसअघि रास्वपामा ३९ जना केन्द्रीय सदस्य थिए। मोहनबहादुर थापाले दिएको राजीनामा स्वीकृत भएसँगै यो संख्या ३८ मा झरेको थियो। अब रास्वपाको केन्द्रीय समिति ५१ सदस्यीय भएको छ।

प्रकाशित: Nov 29, 2023| 15:26 बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्