सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

वीरेन्द्रनगर- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

National life

सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्नसके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राखेको उनको सचिवालयले जनाएको छ।

‘विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यसतर्फ बेलैमा सोच्ने र सोहीअनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ।’ उपप्रधानमन्त्री खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयन र संविधानप्रदत्त अधिकार स्थापित गर्नका लागि सङ्घीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिए।

उनले संसद्को आउँदो हिउँदे अधिवेशनबाट सङ्घीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुन पारित गर्ने सरकारको तयारी रहेको उल्लेख गरे। उपप्रधानमन्त्री खड्काले सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताए।

वर्तमान गठबन्धन सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको उनको भनाइ थियो। उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने उल्लेख गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 28, 2023| 20:26 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्