काठमाडौ- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला ३८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नुवाकोटको ककनीमा बुधबार र बिहीबार दुई दिनसम्म चलेको भेलामा कांग्रेसको भेलामा कांग्रेसको प्रस्तावित विधान, महासमिति बैठकको एजेन्डा, चुनावी पराजयको समीक्षा र पार्टीको संगठन सुदृढीकरण र पुनरसंरचनालगायतका विषयलार्इ समेटेर घोषणापत्र तयार पारिएको छ ।
ककनी भेलाले कांग्रेसलाई थप जागरुक बनाउन महत्वपूर्ण सन्देश दिने नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले बताए। भेला विधानको मस्यौदामै केन्द्रित रहेको जानकारी उनले दिएका छन्।
काङ्ग्रेसको महासमितिको बैठक आगामी पुस २० गतेबाट हुने तय भएको छ । महासमितिले विधान दुई तिहाइले पारित गरेपछि मात्र नयाँ विधान लागू हुने भएकाले महासमितिमा जिल्ला सभापतिको धारणा समान बनाउन ककनी भेलाले सहयोग पुग्ने काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताए।
हेर्नुहोस नेपाली कांग्रेस जिल्ला सभापतिले जारी गरेको ३८ बुँदे घोषणापत्र
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४