मंगलबार, पुस १, २०८२

गृहमन्त्री फेर्ने दबाबमा प्रधानमन्त्री, माओवादीको निशानामा अर्थ

अहिलेको आर्थिक संकट समाधान गर्न सरकारले केही गर्न नसकेको भन्दै आलोचना भइरहेकोले मन्त्रिपरिषद् हेरफेर गरे केही नयाँ सन्देश जान सक्ने बुझाइमा प्रधानमन्त्री रहेका देखिन्छन्।
 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- राजावादीहरुले सडक आन्दोलन गर्दै 'राजा फर्काउने' नारा लगाइरहेको समयमा सत्ता साझेदार दलहरुबीच मन्त्री फेरबदलको हतारो भइरहको देखिन्छ।

National life

सत्ता लम्ब्याउने कसरतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाब बढ्न थालेपछि मन्त्रीहरु हेरफेरको तयारीमा जुटेका हुन्। प्रचण्ड निकट एक नेताका अनुसार कोप-२८ मा भाग लिएर फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर गर्ने गरी तयारीमा उनी लागेका छन्। 

प्रचण्ड निकट माओवादीका एक नेताले भने, 'मन्त्रिपरिषद् हेरफेरको तयारी केही पहिलादेखि नै हो। दसैं, तिहारपछि गर्ने भनिएको थियो। तर, साथीहरुले दबाब बढाउन थाल्‍नु भएपछि अब हेरफेरको निष्कर्षमा प्रधानमन्त्रीज्यू पुग्‍नु भएको हो।' 

सत्तारुढ कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीले अर्थमन्त्री प्रकाशशरण महतको आलोचना गर्दै आएका छन्। दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए। ती नेताले भने, 'माओवादीभित्रै पनि आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने कुरा भइरहेको छ भने कांग्रेसबाट बढी दबाब आएको छ।' 

यसअघि पनि कांग्रेसले गृहमन्त्री फेर्नुपर्ने माग गरेको थियो। माओवादी नेताले भने, 'त्यो समयमा फेर्दा नक्कली शरणार्थीकै कारण हटाएको सन्देश जान सक्ने भएकोले केही समय रोकिएको हो। अब उपयुक्त समय भएकोले फेर्ने मुडमा प्रधानमन्त्री पुग्‍नु भएको हो।' 

Laxmi sunrise bank
kumari

प्रधानमन्त्रीले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राम्रो ‘पर्फर्मेन्स’ दिन नसकेको भन्दै सबै फेर्ने तयारी गरेका छन्। माओवादीका केही नेताहरुले प्रधानमन्त्री दाहाललाई आफ्नो सचिवालयमा पनि हेरफेरको आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराएको स्रोत बताउँछ।

अबको फेरबदल ‘व्यापक’ हुन सक्ने नी नेताको दाबी छ। अहिलेको आर्थिक संकट समाधान गर्न सरकारले केही गर्न नसकेको भन्दै आलोचना भइरहेकोले मन्त्रिपरिषद् हेरफेर गरे केही नयाँ सन्देश जान सक्ने बुझाइमा प्रधानमन्त्री रहेका देखिन्छन्। 

प्रकाशित: Nov 28, 2023| 17:04 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्