मंगलबार, पुस १, २०८२

चुनावमा उम्मेदवारको खर्च पार्टीले बेहोर्नुपर्छ : गगन थापा 

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा उमेदवार बनाउने परिपाटी बदल्नुपर्ने बताएका छन्। नवलपुर जिल्ला सम्मेलनमा उनले उमेदवार जुन तहको निर्वाचन हो सोही क्षेत्रका सदस्यले छान्न पाउनुपर्ने बताए।

National life

माथिका नेताहरूले वडा सदस्यको टिकट दिने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। थापाले चुनावमा उमेदवारको खर्च पार्टीले बेहोर्नुपर्ने बताए। घरबार नभएकाले पनि चुनावमा लड्ने अवस्था निर्माण गरिने उनको भनाइ छ।

'यति कुरा बदलौं। तपाईंले उमेदवार छानेपछि अब चुनावको खर्च सिंगो पार्टीले बेहोर्छ। उमेदवारले एक रुपैयाँ खर्च गर्नुपर्दैन। त्यसो गरेपछि अब हुनेखाने मात्रै होइन। घरबार नभएको मान्छे पनि कांग्रेसबाट उमेदवार बन्न सक्दछ,' उनी भन्छन्, 'यो पार्टी सबैको पार्टी हो नि। कमजोर पार्टीको मान्छेले पनि उमेदवार बन्न पाउनुपर्‍यो नि।'

निर्वाचन भनेपछि दुईहात पछि सर्ने अवस्था आएको थापाले बताए। त्यसबारे अबको महासमितिमा छलफल गर्ने र ०८२ को महाधिवेशनबाट पार्टी बदल्ने उनको भनाइ छ। पार्टीको नेताले अब अभिभावक बनेर बस्नुपर्ने र पार्टीको भारी थाम्न तयार रहेको पनि बताए।

प्रकाशित: Nov 27, 2023| 17:44 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्