काठमाडौं- युथ काँग्रेसले आयोजना गरेको जोरबिजोर अवज्ञा मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरी हस्तक्षेपका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । काठमाडौको ज्ञानेश्वरबाट र्याली निकाल्न रातोपुलमा भेला भएकाह काग्रेस कार्यकर्ताहरुलाई रोक्न खोजेपछि झडप भएको हो । झडपका कारण केहिबेर स्थिती तनावपूर्ण बनेको थियो । झडपमा केही घाईते भएका छन् ।
झडपपछि प्रहरीले ८ जना कांग्रेस कार्यकर्तालाई गिरफ्तार गरेकाे छ । पक्राउ पर्नेमा युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमील्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर वास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।
राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको भन्दै युथ कंग्रेसले अवज्ञा मोटरसाईकल र्याली निकाल्लन लागेको थियो ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिन नमिल्ने युथ कंग्रेसको भनाई छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४