काठमाडाैं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
केहि पत्रपत्रिकाले काठमाडौंमा आजदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको विषयलाई प्राथमिकतामा पारेका छन् भने कसैले राजधानी फेरि बालकको अपहरण पछि हत्या भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको नयाँ पत्रिकाले कार्यक्रम गैरसरकारी पाहुना सरकारी शीर्षकमा मुख्य समाचार छापेको छ । क्रिस्चियन धर्मप्रचारक संस्था आयोजक रहेको कार्यक्रममा नेपाल सरकारले ५५ लाख रुपैयाँ खर्च गर्दै छ भने यसैका लागि ३५ सय सुरक्षाकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ।
यस्तै नयाँ पत्रिकाले राजधानी मै बालकको अपहरणपछि हत्या भएको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । नागरिक दैनिकले भने यसै विषयलाई मुख्य समाचार बनाउँदै राजधानीमा फेरि बालकको अपहरण पछि हत्या शीर्षकमा खबर लेखेको छ ।
गोंगब् मित्रनगरस्थित स्वस्तिका त्रिवेणी गेस्टहाउसका सञ्चालक प्रवीण कुमारका आठ वर्षीय छोरा प्रयासको हत्या भएको छ । प्रयासको त्यहि गेस्ट हाउसमा काम गर्ने महेन्द्र एसकेले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको पत्रपत्रिकाले लेखेका छन् ।
यस्तै आजको नागरिक दैनिकले स्थानीय सरकारको मनपरी, प्रतिपक्ष निरिह शीर्षकमा मुख्य समाचार छापेको छ।
कान्तिपुर दैनिकले भने आशिर्वाद लिँदै १५ सय जोडी शीर्षकमा मुख्य समाचार छापेको छ । एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी भएको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने नेपालमा ल्याइएका दुबै वाइडबडी जहाज हाई फ्लाई कम्पनीले आफ्नो भनि दावी गरेको खुलासा गरेको छ । हाई फ्लाईले दुबै जहाज आफ्नो भनि प्रस्ट रुपमा लेखेको कागज नै अन्नपूर्णले प्रकाशित गरेको छ ।
नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०-२४३ पनि समावेश रहेकाे समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४