आइतबार, वैशाख १३, २०८३

महेश बस्‍नेतद्वारा दुर्गा प्रसाईंको आक्रोश बालेन र हर्कमाथि

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईंमाथि आक्रोश काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङमाथि पोखेका छन्। 

National life

दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह फर्काउन लागेकोप्रति आक्रोशित उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति पनि आक्रोश पोखेका छन्। 

निर्मल निवासबाट पनि लखेटिन मन भए दुर्गा प्रसाईंको पछि लाग्न पूर्वराजा शाहलाई चेतावनी दिने क्रममा बस्नेतले मेयरद्वय बालेन्द्र र हर्क पनि राजा बन्न खोजेको आरोप लगाएका हुन्। 

‘अराजवादी तत्त्वहरू पुरानो राष्ट्रिय गान गाइरहेका छन्। अराजवादी तत्त्वहरू यतिसम्म बौलाएका छन् कि नेपाललाई भारतमा घुसाउने भन्दै छन्। ५० हजारमा मोटरसाइकल पाइन्छ, २ लाखमा गाडी पाइन्छ भन्दै छन्। अराजकवादी तत्त्वहरू ज्ञानेन्द्र (शाह) लाई राजा बनाउने भन्दै छन्’, उनले भने, ‘उता हर्क साम्पाङ मै हुन्छु राजा, कहाँ दिन्छु तिमीहरूलाई भन्दै छन्। उता बालेन्द्र शाह म पो राजा हुन्छु भन्दै छन्। उता काठमाडौँ उपत्यकामा मल्ललाई पनि ल्याउनुपर्छ भनेर चिया पसलमा छलफल हुन थालेको छ। नेपालमा नौटंकी राजाहरूको जमघट हुँदै छ। राजा राजाबीच झगडा पर्दै छ।’

उनले थपे, ‘तर लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। जुँगा मुठारेर बसेका ज्ञानेन्द्र! तिमीलाई निर्मल निवासमा बस्न मन छ कि छैन? निर्मल निवासमा बस्न मन छैन भने दुर्गा प्रसाईंको पछाडि लाग। एमालेले आशीर्वाद दिएको राजेन्द्र लिङ्देनको पछि लाग। एमाले र लोकतान्त्रिक शक्ति तिम्रो विपक्षमा लागे  भने तिमीलाई संरक्षण गर्ने विदेशी दलालको मुलुकमा पठाउन नपरोस्।’ 

kumari

प्रकाशित: Nov 23, 2023| 20:30 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्