शनिबार, साउन ३, २०८२

महेश बस्‍नेतले भने - लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन 

 |  बिहीबार, मंसिर ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताएका छन्। एमाले भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए। 

उनले विरोध प्रदर्शन दुर्गा प्रसाईंविरूद्ध नभएको स्पष्ट पारे। प्रसाईंलाई अराजकतावादीको संज्ञा दिँदै यो विरोधलाई प्रसाईंसँगको आन्दोलनलाई जोड्न नहुने बताए। उनले भने, 'हामीले महँगी, भ्रष्टाचार, अनियमितता र जनताको सरोकारका मुद्दाको आवाज उठाउनको लागि विरोध प्रदर्शन गरेका हौं,' उनले अगाडि भने, 'यो विरोध प्रदर्शन तस्करीविरुद्धको हो, उत्पीडनमा रहेका नेपालीको पक्षका लागि हो। यस्तै हिंसामा परेका महिलाहरूको न्यायको लागि हो। गरिब जनताको लागि हो। सकारात्मक ऊर्जाको लागि हो।'

नेता बस्नेतले सरकारको ध्यान तान्नको लागि विरोध गरिएको र यसलाई बेवास्ता गरिए सरकारले लगाएको निषेधाज्ञा क्षेत्र तोड्न बाध्य हुने चेतावनी दिए। उनले भने, 'म सरकारलाई, अझ विशेष प्रचण्डलाई भन्न चाहन्छु। हामीलाई निषेधाज्ञा तोड्न बाध्य नपारियोस्।'

उनले अहिलेको सरकारको आयु छोटो रहेको बताउँदै भने, 'यो सरकारको आयु छोटो छ। छोटो आयु भएको मानिस उखरमाउलो हुन्छ भन्छन्। त्यसैले प्रचण्डको सरकार उखरमाउलो भइरहेको छ। यिनीहरु सबैका लागि खतरा हो।'

प्रकाशित: Nov 23, 2023| 18:25 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्