शनिबार, असार २७, २०८३

दुर्गा प्रसाईंलाई पक्राउ गर्न महेश बस्नेतको माग

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई पक्राउ गर्न माग गरेका छन्। तीनकुनेमा युवा संघले आयोजना गरेको प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले प्रसाईं 'बौलाएको' समेत टिप्पणी गरे। उनले प्रसाईंलाई ठगी र हुण्डीको आरोपमा पक्राउ गर्न प्रधानमन्त्रीसँग माग गरे।

उनले प्रधानमन्त्रीलाई पनि सच्चिन चेतावनी दिए। उनले भने, ‘प्रधानमन्त्री तपाईं सच्चिनुभएन भने सिंहदरबारबाट माइतीघर कि तीनकुनेमा पछार्ने हो। त्यो तागत हामीसँग छ।’

एमाले जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले एमाले सदा राष्ट्र, राष्ट्रियता, जनताको पक्षमा रहेको बताए। उनले भने, ‘यो कुनै व्यक्ति विशेषको विरुद्धको होइन। सरकारको खबरदारीका लाागि गरेका छौं। व्यक्तिको पछि लागेका होइनौं। हामीले संययता अपनाएर बसेका छौं। एमालेमाथि भएको आक्रमण भोलिका दिनमा टुलुटुलु हेरेर बस्दैन।’

आज एमालेले तीनकुनेमा र प्रसाईंले बल्खुमा शक्ति प्रदर्शन गरिरहेका छन्।

 

प्रकाशित: Nov 23, 2023| 14:52 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्