शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रंगभेदविरुद्ध एकता दिवस मनाउन सीके राउतले संसद्‌मा दर्ता गराए संकल्प प्रस्ताव

रंगभेदविरुद्ध एकता दिवस मनाउन सीके राउतले संसद्‌मा दर्ता गराए संकल्प प्रस्ताव

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

काठमाडौं- जनमत पार्टीले मंसिर १० गतेलाई ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसद्‌बाट सामूहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनुपर्ने भन्दै प्रस्ताव पेस गरेको छ। 

National life

पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले मंगलबार संघीय संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव बुधबार दर्ता भएको छ। संकल्प प्रस्तावमार्फत राउतले हिमाल, पहाड तथा मधेसका विभिन्न समुदायहरूमाथि पटक पटक नश्ल, रंग र वर्णको आधारमा विभेद राज्य पक्ष र शासक वर्गबाट हुँदै आएकाले नागरिकले विभेदको शिकार हुनु परेको उल्लेख गरेका छन्। 

'...रंगभेद गरिनुमा रंगभेद के हो के होइन, आफूले रंगभेद गरिरहेको छु भनेर आमनागरिकमा बोध नहुनु प्रमुख कारण रहेको हुनाले मंसिर १० लाई नेपाल सरकारबाट ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसद्‌बाट सामूहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनका लागि यो संकल्प प्रस्ताव पेस गरेको छु,'राउतले उल्लेख गरेका छन्। 

साथै उनले कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा १५३ जनाको मृत्यु भएकोप्रति प्रतिनिधिसभा गहिरो शोक प्रकट गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नका लागि शोक प्रस्ताव दर्ता गराएका छन्।

प्रकाशित: Nov 22, 2023| 19:40 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्