शनिबार, पुस ५, २०८२

प्रचण्डसँग एकता गर्दै बाबुराम, ५ सदस्यीय समिति गठन

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग एकताका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजगत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ। 

National life

बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले माओवादी लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता÷ध्रुवीकरण ५ सदस्यीय समिति बनाएको हो। 

समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन्।

माओवादीसँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नाम, झण्डा, विधान लगायतका विषय टुंगिए पनि विचार र सिद्धान्तका विषयमा भने निर्णय नभइसकेकाले अध्यक्ष भट्टराईकै संयोजगत्वमा समिति बनाएको नेसपाले जनाएको छ।

त्यस्तै, बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय पनि गरेको छ।

Laxmi sunrise bank
kumari

सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय भएको नेसपाले बताएको छ।

प्रकाशित: Nov 22, 2023| 18:20 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्