प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरू भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियालगायत विषयमा संवाद भइरहेको बताइएको छ।
शान्ति प्रक्रिया सुरू भएको आज १७ वर्ष पूरा भएको र शान्ति प्रक्रिया लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्न तीन नेताको भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।