शुक्रबार, पुस ४, २०८२

युवा संघले निकाल्यो मसाल जुलुस

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

National life
Laxmi sunrise bank
kumari

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको छ। मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा मसाल जुलुस निकालिएको हो। मसाल जुलुसमा सहभागीहरूले सरकारविरोधी नारा लगाएका थिए।

भ्रष्टाचार, महङ्गी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो। प्रदर्शनका कारण केहीबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ।

त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो। भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिएका थिए।

प्रकाशित: Nov 21, 2023| 19:36 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्