शुक्रबार, मंसिर २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काम सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काम सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने कामलाई मुख्य प्राथमिकता दिएको बताएका छन्। 

National life

मंगलवार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो सङ्क्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको पहिलो प्राथमिकता र प्रतिबद्धता शान्ति प्रक्रियाको बाँकी  कामलाई निष्कर्षमा पुर्‍याउनु रहेको बताएका हुन्।

मन्त्री बस्नेतले मुलुकमा पीडित भइराखेकाले सो प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा ढिलाइ गर्न नहुने पनि बताए। उनले सत्यको खोजी मात्रै गरेर बस्दा शान्ति प्रक्रियाको बाँकी बाम टुङ्ग्याउने कुरामा अब पनि धेरै समय बित्ने भएकाले सम्बन्धित सबै पक्षले यसलाई टुङ्ग्याउने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने आवश्यकता समेत औँल्याए। 

 ‘अहिले शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषय सरकारको प्राथमिकताको विषय हो। यो प्रमुख प्राथमिकता मध्येको एक हो। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, शान्ति प्रक्रियाका बाँकी काम जे छन्, त्यसलाई निष्कर्षमा पुर्‍याउने सरकारको प्राथमिकता र प्रतिबद्धता रहँदै आएको छ। यसलाई जतिसक्दो छिटो टुंग्याउनु पर्छ। यसले मुलुक भिक्टिम भइराखेको छ। त्यसैले यसलाई टुङ्ग्याउनेतिर जाऊँ,’ उनले भने।

मन्त्री बस्नेतले मुलुकलाई द्वन्द्वको घाउबाट पूर्ण रुपमा मुक्त गराउन पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कामलाई तिब्रता दिनुपर्ने बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2023| 18:50 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्