शुक्रबार, पुस ४, २०८२

विवादित ठेकेदार रौनियार एमाले प्रवेश

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन्। पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरे।

National life

ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टीमा भित्र्याए। रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विनादेवीलगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे।

रौनियार २०७४ को निर्वाचनमा पर्सा-३ बाट जसपाबाट सांसद निर्वाचित भएका थिए। उनी पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालकसमेत हुन्। विभिन्न निर्माण परियोजना अलपत्र पारेका कारण यो कम्पनी विवादित छ।

रौनियारमाथि २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लगत्तै उनी सांसद पदबाट निलम्बित भएका थिए। सांसद निर्वाचित  भएलगत्तै उनको कम्पनी विवादमा तानिएपछि उनले कम्पनी छोरा सुमित रौनियारलाई हस्तान्तरण गरेको बताएका थिए।

पप्पु कन्स्ट्रक्सन अहिले पनि कालोसूचीमा छ। रौनियारविरुद्ध बाँकेमा ठगी मुद्दासमेत चलेको छ। यही मुद्दामा उनी पक्राउ पनि परेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2023| 16:16 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्