शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न अनुमति, युवा संघको तीनकुनेमा हुने

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न अनुमति, युवा संघको तीनकुनेमा हुने

 |  मंगलबार, मंसिर ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

vianetvianet
triton college
National life insurance

मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ।

प्रसाईं नेतृत्वको टिमसँग छलफल भएपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

प्रसाईं र एमाले निकट राष्ट्रिय युवा संघ तथा अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ।

प्रकाशित: Nov 21, 2023| 12:02 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्