काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले छठको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।
काठमाडौंको कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाआजा गर्ने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गर्ने प्रचलन छ।







