शनिबार, पुस ५, २०८२

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

National life

रुकुम पूर्व पुगेका प्रधानमन्त्री दाहालले जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए।

प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे। प्रधानमन्त्री दाहाल रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री आज त्यहाँ पुगेका हुन्।

यस्तै, रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका प्रधानमन्त्री दाहाललाई मैकोटवासीले भव्य स्वागत गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 19, 2023| 13:07 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्