बुधबार, चैत १८, २०८२

पिएसजीसँग लिभरपुल पराजित, नेयमारको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्तगत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिभरपुललाई पराजित गरेसँगै पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

बुधरबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल फ्रेन्च लिग वान क्लब पीएसजीसँग २-१ ले पराजित भएको थियो । पीएसजीका लागि जुआन बर्नाट र नेयमारले एक एक गोल गरेका थिए भने  लिभरपुलका लागि सान्तोना गोल जेम्स मिल्नरले फर्काएका थिए । 

घरेलु मैदान भएको खेलमा पीएसजीले खेलको १३औं मिनेटमा लिभरपुलविरुद्ध अग्रता लिएको थियो । पिएसजीले जुआनको गोलबाट अग्रता लियो । उनले एमबाप्पेको पासलाई सहि सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । 

खेलको ३७ औं मिनेटमा नेयमारको गोलमार्फत पीएसजीले अग्रता दोब्बर पार्यो । पहिलो हाफको इन्जुरी समयमा लिभरपुलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा नै जेम्सले एक गोल फर्काएका थिए । 

पीएसजीले ५ खेलबाट २ जित र २ बराबर र १ हार बेहोर्दै ८ अंक जोडेको छ । समूह चरणको अन्तिम खेलमा पीएसजीले क्रेभेना जेभेजदासँग खेल्दैछ । यो खेल जिते पीएसजी नकआउट चरणमा प्रवेश गर्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।