सोमबार, वैशाख १४, २०८३

प्राधिकरणले भन्यो- टिकटक चलिरहेको भए खबर गर्नुस्

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

National life
kumari

नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि इन्टरेनट वा मोबाइल सेवा प्रदायकले प्रतिबन्धित चिनियाँ एप टिकटकको सञ्चालन गरिरहेको पाइए जानकारी गराउन आग्रह गरेको छ। 

प्राधिकरणको निर्देशन कार्यान्वयन नगरी कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको हो।

प्राधिकरणले यसअघि नै सबै इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवाप्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो। प्राधिकरणले उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको छ।

प्रकाशित: Nov 19, 2023| 08:18 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्