शनिबार, पुस ५, २०८२

फुटको संघारमा नेसपा: कम्युनिस्टसँग एकता नगर्ने बाबुरामको अडान

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब कम्युनिस्ट पार्टीसँग एकता नगर्ने प्रस्तावपछि पार्टीभित्रको विवाद चुलिएको हो। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ छलफल गर्ने क्रममा सो कुरा उनले स्पष्ट पारेका हुन्।

National life

नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवले माओवादी केन्द्र पार्टीको नाम परिवर्तन गर्न तयार भए पनि अध्यक्ष भट्टराई एकताको विपक्षमा गएको प्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘हिजो बाबुरामजी र प्रचण्डजीको छलफल भएको थियो। सो छलफलमा बाबुरामजीले कम्युनिस्ट पार्टीसँग एकता नगर्ने भन्नु भएको कुरा मैले सुनेको छु।’

पार्टी एकताका लागि दुवैतर्फ वार्ता समिति गठन भएको र एकताको बारेमा ठोस निर्णय लिन मङ्सिर ७ गते केन्द्रीय समितिको बैठक बोलाएको हुँदा त्यसअघि नै एकताको बारेमा टुंगो लगाउन नहुने उनको जिकिर गरे। 

पार्टीको केन्द्रीय समितिको बैठकका माओवादी केन्द्रसँग एकताका लागि छलफल हुने बताउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले एकताका लागि इमान्दारीपूर्वक पहल गर्नुभएको छ, पार्टीको नाम परिवर्तन गर्न पनि तयार हुनुभएको छ। यो बेलामा हामी एकताबाट पछाडि हट्नु भनेको बेइमानी हुन्छ।’

केन्द्रीय समितिको बहुमतबाट एकताका लागि निर्णय हुने र माओवादीसँग एकता हुने अध्यक्ष यादवले दाबी गरे। ‘नेसपामा अधिकांश नेता एकताका पक्षमा रहेका छन्,’ उनले भने। 

Laxmi sunrise bank
kumari

उनका अनुसार नेसपा विभाजनको संघारमा पुगिसकेको छ। बाबुराम भट्टराई एकताको पक्षमा छैनन् भने महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठलगायतका नेताहरू एकताका लागि प्रयास गरिरहेका छन्। 

अध्यक्ष भट्टराईले शुक्रबार साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँबाट उनी करिब ६ बजे बाहिरिएका थिए। भट्टराईको सचिवालय अनुसार दुई नेताबिच जाजरकोट भूकम्प, समसामयिक राजनीतिक विषय र पार्टी एकताको विषयमा छलफल भएको थियो।

यता बालुवाटार स्रोतका अनुसार मङ्सिर ७ गतेदेखि नेसपाको केन्द्रीय समितिको बैठक बस्न लागेकाले सो बैठकमा पार्टी एकताको बारेमा के हुन्छ भन्नेबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डले अध्यक्ष भट्टराईलाई बोलाएर छलफल गरेका थिए। छलफलमा भट्टराईले कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको आवश्यकता अब यो देशमा नरहेको कारणले आफ्नो पार्टीले माओवादी पार्टीसँग एकीकरण नगर्ने प्रस्ट पारेका थिए। 

प्रकाशित: Nov 18, 2023| 14:40 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्