आइतबार, असार ८, २०८२

रास्वपाले आजदेखि घरदैलो कार्यक्रम गर्दै

 |  शनिबार, मंसिर २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम गर्दैछ। 

गत वर्षको आम चुनावमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन्। अघिल्लो वर्ष मतदान भएको सोमबार एक वर्ष पूरा हुँदैछ। 

मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि आजदेखि सोमबारसम्म जनताको घरदैलो जाने कार्यक्रम रहेको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। उनका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत कार्यक्रममा सहभागी हुनेछन्।

घरदैलो कार्यक्रममा एक वर्षमा भए गरेका कामहरूको जानकारी मतदातालाई दिने तथा सुझाव सङ्कलनको काम पनि हुने उनको भनाइ छ।

प्रकाशित: Nov 18, 2023| 11:00 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्