शुक्रबार, भदौ ५, २०८३

किन गरिए ओपन एआईका सीईओ साम बर्खास्त?

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईको सञ्चालक समितिले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानलाई पदबाट हटाएको छ।

बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा विश्वास नभएको आरोप लगाएको छ। बोर्डले भनेको छ– अल्टम्यानले कम्पनीलाई अगाडि बढाउन सक्छन् भन्ने लाग्दैन।

बोर्डले अल्टम्यानले कम्पनीसँगको आफ्नो सञ्चारमा स्पष्ट नभएको आरोप पनि लगाएको छ। बोर्डले भनेको छ– उनी आफ्नो जिम्मेवारी पूरा गर्नबाट पनि पछि हटिरहेका छन्। 

कम्पनीले विज्ञप्ति जारी गरी अहिलेसम्म गरेको योगदानका लागि अल्टम्यानप्रति आभार प्रकट गरेको छ।  सञ्चालक समितिका सदस्यहरूले कम्पनीलाई अब नयाँ नेतृत्वको आवश्यकता रहेको महसुस गरेका छन्।

यसैबीच अल्टम्यानले सामाजिक सञ्जालमा लेख्दै कम्पनीमा बिताएका दिनहरूबाट आफू खुसी रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘यसले मेरो व्यक्तित्व परिवर्तन गर्‍यो र आशा छ– यसले संसारलाई पनि अलिकति परिवर्तन गर्‍यो। यहाँका प्रतिभाशाली व्यक्तिहरूसँग काम गर्न पाउँदा मलाई राम्रो लाग्यो।’ 

ओपन एआईको नेतृत्वकर्ता साम अल्टम्यानको नेतृत्वमा च्याट जीपीटी एआई बोटको आगमनसँगै विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको बहसलाई तीव्र बनाएको छ।

प्रकाशित: Nov 18, 2023| 09:10 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्