बिहीबार, वैशाख ३१, २०८३

श्रृंखलाको भोटिङ क्याम्पियनमा नेकपाका नेता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- सन् २०१८ मा मिस नेपाल बन्न सफल श्रृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा छन्। चीनमा जारी प्रतियोगिताको ६८ औं संस्करणमा सहभागी खतिवडाले १२० देशका सुन्दरीमध्ये सबैभन्दा धेरै भोट पाएकी छन्।

उनले विभिन्न देशबाटसमेत राम्रो सहयोग पाइरहेको प्रतिक्रिया दिएकी छन्। नेकपा सांसद् विरोध खतिवडा तथा प्रदेशसभा सांसद् मुनु सिग्देलकी छोरीसमेत रहेकी श्रृंखलालाई जिताउन नेकपाका नेताहरु पनि सक्रिय छन्। नेकपाका नेता तथा कार्यकर्ताले भोटिङ क्‍याम्पियन गरिरहेका छन्।

पूर्वमन्त्री एवम् नेकपाका नेता प्रदीप नेपालले श्रृखलालाई जिताउन भोटका लागि आग्रह गर्दै उनको परिचयसहितको भिडियो सेयर गरेका छन्। नेपालको जस्तै आग्रह छ, सांसद् योगेश भट्टराइको पनि। उनले श्रृंखलाको परिचयसहितको भिडियो शेयर गर्दै लेखेका छन्, ‘थोरै समयभित्र यति धेरै विषय समेटिएको नेपालको परिचय।'

पूर्वमन्त्रीदेखि सांसद्हरु मात्र होइन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि भिडियो शेयर गर्दै श्रृंखलालार्इ भोट दिन आग्रह गरेका छन्। उनीहरुको जस्तै नेकपाका केन्द्रदेखि जिल्ला तहसम्मका अन्य नेताहरुले पनि श्रृंखलाका लागि भोट मागिरहेका छन्।

उनलाई जिताउन नेकपाका नेता मात्र हाइन देश विदेशमा रहेका अन्य नेपालीहरुले पनि उत्तिकै साथ दिइरहेका छन्। उनी भोटमा अग्रस्थानमा रहेपनि जितका लागि भोट मात्रै पर्याप्त हुने छैन। उनी अन्य प्रतिस्पर्धामा पनि अब्बल सावित हुनुपर्ने छ।

२०१८ डिसेम्बर ८ मा मिस वर्ल्डको फाइनल प्रतिष्पर्धा हुने छ। २२ वर्षीया श्रृंखलालाई मिस वर्ल्डको मुख्य दाबेदारको रूपमा हेर्ने गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्