शनिबार, पुस ५, २०८२

कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनित

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेललाई मनोनित गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य कँडेललाई सहकारी विभागको जिम्मेवारी दिइएको हो।

National life

यसअघि सभापति देउवाले १६ वटा विभाग प्रमुख नियुक्त गरेका थिए। सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका थिए भने गत भदौमा १५ मा १५ विभाग थपेका थिए।

जसमा पुष्पा भुसालले महिला, चीनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, योगेन्द्र चौधरीले थारू, गेहेन्द्र गिरीले जेष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, डा। रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनले आदिवासी जनजाति, नानु बाँस्तोलाले जिल्ला सम्पर्क समिति समन्वय, रंगमती शाहीले पिछडिएको क्षेत्र, बरालले आपूर्ति तथा उपभोक्ता समन्वय र मदनकृष्ण श्रेष्ठले अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग संयोजकको जिम्मेवारी पाएका थिए। 

कांग्रेसमा ७० विभाग रहे पनि देउवाले अहिलेसम्म १७ विभाग प्रमुख मात्र तोकेका छन्।

प्रकाशित: Nov 17, 2023| 17:20 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्