शनिबार, पुस ५, २०८२

प्रधानमन्त्री प्रचण्डले ग्लोबल साउथ समिटलाई सम्बोधन गर्ने 

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं- भारतले आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना सुरु गरेको छ। भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो। आज भएको उद्घाटनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन्। 

National life

आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साँझ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन्। 

अघिल्लो समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो। यो समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३ गते अर्थमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। साथै कार्यक्रममा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, ऊर्जा मन्त्रीहरूको पनि सम्बोधन रहने बताइएको छ।

जी–२० को अध्यक्षता अवधिभर भारतले ग्लोबल साउथका सरोकारहरूलाई समयमै सम्बोधन गर्ने र जल्दो बल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको बताइएको छ।

भारतको अध्यक्षतामा सम्पन्न जी–२० बैठकले हासिल गरेका मुख्य उपलब्धिहरू भारतले समिटमा साझा गर्नेछ। विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल हुने सम्भावना छ।

Laxmi sunrise bank
kumari

अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने सबैको साझा आकाङ्क्षालाई पुरा गर्न आवश्यक तरिकामाथि यो समिटमा छलफल हुने बताइएको छ।

साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ। उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख/सरकार तहमा हुनेछन् र प्रधानमन्त्री मोदीले यसको सञ्चालन गरेका छन्। उद्घाटन सत्रको विषयवस्तु 'एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै' र समापन सत्रको विषयवस्तु 'ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ' रहेको छ।

प्रकाशित: Nov 17, 2023| 17:00 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्