शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : जावलाखेल र फ्रेन्ड्स बराबरीमा रोकिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलका छन् ।  खेलसातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबले ३-३ को बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफ दुबै टोलीले १-१ को बराबरी खेलको थिए । पहिलो हाफमा फ्रेन्ड्स क्लबले सुरुवाती अग्रता लिएको थियो । फ्रेन्ड्स क्लबले खेलको २६ औं मिनेटमा बिक्रम लामाको गोल मार्फत अग्रचता लिएको थियो । 

तर, पहिलो हाफको इनजुरी समयमा अर्जुन सिंहले हेडर मार्फत उत्कृष्ट गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केहि समय जावलाखेल फ्रेन्ड्स क्लबमाथि हाबी  देखिएको थियो । 

दोस्रो हाफमा जावलाखेलले केहि समय फ्रेन्ड्स क्लबविरुद्ध ३-१ को अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै जावलाखेलले पुनः २-१ ले अग्रता लिएको थियो । 

यतिखेर जावलाखेलका लागि फोडे फोफोनाले हेडरमार्फत गोल गरेका थिए । त्यसको पाँच मिनेट नबित्दै फेरी जावलाखेलले फ्रेन्ड्स क्लबविरुद्ध ३-१ ले अग्रता बनाएको थियो । 

अग्रता बढाउन जावलाखेलका लागि सुमान डङ्गोलले गरेका थिए । त्यसपछि फ्रेन्ड्स क्लबले लगातार थप दुई गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ६७ औं मिनेटमा फ्रेन्ड्स क्लबका फोफोना इब्राहिनाले गोल गर्दा ८२ औं मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । 

यससँगै दुबै टोलीले एक एक अंक बाडेका छन् । दुवै टोलीले लिगमा पहिलो एक अंक जोडेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।