मंगलबार, वैशाख १५, २०८३

चीनमा बीआरआईको कार्यक्रममा सहभागी भएर फर्किए माधव नेपाल

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट स्वदेश फर्किएका छन्।

National life

दक्षिण एसियाली पार्टीहरुको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो। 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा गएका नेपाल चीनको खुनमिङ सहरमा भएको कार्यक्रममा सहभागी भएर गएराति स्वदेश फर्किएका हुन्।

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो। 

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको नेताहरुले बताएका छन्। 

kumari

प्रकाशित: Nov 15, 2023| 09:00 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्