सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • शंंखधर साख्वा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री प्रचण्ड

शंंखधर साख्वा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले प्रचण्डले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्नेमा जोड दिए।
 |  मंगलबार, कात्तिक २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंखधर साख्वा नेपालको इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन्। नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शंखधर साख्वालाई नसम्झिरहन सकिँदैन। उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौं। उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो। उहाँको त्यो अभियानसँगै नेपाल संवत् जोडिएको छ।’

प्रधानमन्त्रीले प्रचण्डले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत् नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको उनले बताए। 

प्रधानमन्त्रीले प्रचण्डले भने, ‘सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै नेसं पनि उल्लेख गर्नुपर्ने निर्णय भएकामा तपाईंहरु सबैलाई बधाइ तथा शुभकामना भन्न चाहन्छु, यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ।’

प्रकाशित: Nov 14, 2023| 10:55 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्