मंगलबार, वैशाख १५, २०८३

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

भरतपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन्। इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई  ब्ल्याङकेट वितरण गरेका हुन्।

National life

सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने।  ‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन’,उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई समृद्धि बनाउने समुदाय पनि हो।’ सरकारले अल्पसंख्यक, सीमान्तकृत जनजातिको भाषा, संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पुर्‍याएबापत भोटे हादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच-पाँच हजार सहित सम्मान गर्नुभयो। सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा  जानकारी दिएका थिए। 

मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए। मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेले।

प्रकाशित: Nov 14, 2023| 07:44 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्