आइतबार, जेठ १८, २०८२

टिकटक तत्काल बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

 |  मंगलबार, कात्तिक २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

vianetvianet

काठमाडौं- नेपाल दूरसञ्‍चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले 'वर्ल्डलिङ्क' लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए।

इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ।

प्रकाशित: Nov 14, 2023| 06:15 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्