मंगलबार, वैशाख १५, २०८३

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन थापाको आपत्ति

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

National life
kumari

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले टिकट बन्द गराउने निर्णय तुरुन्त सच्याउन सरकारसँग माग गरेका छन्।  आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। 

उक्त निर्णयप्रति असहमति जनाउँदै सांसद थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार ‘उल्टो कदम हिँडेको’ टिप्पणी गरेका हुन्। 

‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

प्रकाशित: Nov 13, 2023| 14:44 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्