काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटो हिँडेको बताएका छन्। उनले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताए।
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएको तर, सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उनले बताए।
'यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने, नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तित स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।'