शनिबार, असार ७, २०८२

नेकपा एमालेले तयार पार्‍यो ८८५ प्रशिक्षक

 |  आइतबार, कात्तिक २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको १७ औं बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ। 

उपमहासचिव समेत रहेका स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गर्नुका साथै १४ वटा विषयगत डेस्क निर्माण समेत गरेको विभागका सदस्य विष्णु रिजालले जानकारी दिए। एमालेले पार्टीमा तीन तहको पाठ्यक्रम निर्माण गरेर नेता कार्यकर्ताहरुलाई पढाउने तयारी गरेको छ। 

‘एमालेमा तीन तहको पाठ्यक्रम छ। जसमा प्राथमिक, माध्यामिक र उच्च तह। प्राथमिक तहको जिल्लामा चलाउने, माध्यामिक तहको प्रदेशमा र उच्च तहको काठमाडौमा चलाउने योजना हो’, रिजालले भने, ‘अहिले परिमार्जन गरिएको प्राथमिक तहको हो।’

प्राथमिक तहको पाठ्यक्रम परिमार्जन गर्नुका साथै पाठ्पुस्तकको कन्टेन्ट समेत तयार पारेको नेता रिजालको भनाइ छ। एमालेले केन्द्रीय तहबाट ८८५ जना प्रशिक्षक तयार पारेको छ। जसमा प्रदेशस्तरमा ४०८ र जनसंगठन तथा केन्द्रीय तहमा चलाएको कार्यक्रममा ४७७ जना प्रशिकहरु तयार भएको एमालेले जनाएको छ। ति प्रशिक्षकहरुले  जिल्ला, प्रदेश तथा संगठन मातहतमा पार्टी प्रशिक्षण दिने छन्।

प्रकाशित: Nov 12, 2023| 13:00 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्