शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • प्रविधि
  • बेलायतको कट्समोर स्कुलको प्रधानाध्यापकमा 'एआई च्याटबट', नाम अबिगेल बेली

बेलायतको कट्समोर स्कुलको प्रधानाध्यापकमा 'एआई च्याटबट', नाम अबिगेल बेली

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं- आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को संसारभर बढ्दो प्रभाव दर्शाउने एउटा रोचक घटना बेलायतमा भएको छ। सन् १८९४ मा स्थापित वेस्ट ससेक्सस्थित कट्समोर बोर्डिङ स्कुलले गत महिना अबिगेल बेली नामक 'च्याटबट'लाई 'प्रिन्सिपल हेडटिचर' मा नियुक्त गरेको हो।

triton college

अबिगेल बेली नामक 'च्याटबट' प्रिन्सिपल हेडटिचरले च्याटजीपीटीकै शैलीमा प्रश्नहरूको उत्तर दिएर विद्यालयलाई सघाउने गरेको छ। कूल १७५ जना विद्यार्थी अध्ययनरत प्राथमिक तहको उक्त विद्यालयमा एआई च्याटबटले अहिलेका प्रधानाध्यापक टम रोजरसनलाई सक्रिय सहयोग गर्ने संस्थाको दाबी छ।

विद्यालयमा कार्यरत कर्मचारीहरूलाई विस्थापित गर्ने नभई उनीहरूलाई सहयोग गर्न च्याटबट हेडसर राखिएको समेत विद्यालयले जनाएको छ। प्रधानाध्यापक मात्रै नभएर सोही विद्यालयको एआई विभागको प्रमुखमा पनि जेमी राइनर नामक अर्का एआई च्याटबट नियुक्त गरिएको छ। उनीहरू दुवैले एआई प्रविधिबाटै निर्मित मानवजस्तै स्वरूप पनि पाएका छन् जसमा एकजना महिला र अर्का पुरुषजस्ता देखिएका छन्।

नवनियुक्त बेलीले शैक्षिक प्रविधिलाई ध्यानमा राखेर बनाइएको डीप लर्निङ र जेनेरेटिभ एआईमा आधारित प्रविधिको सहयोगमा निर्णय लिने र व्यवस्थापनमा सघाउने कार्य गर्ने गरेको बताइएको छ।

संसारभरका विद्यालय लगायतका शैक्षिक संस्थाहरू च्याटजीपीटीजस्ता एआई जेनेरेटेड च्याटबटको सामना र नियमन कसरी गर्ने भन्ने अन्योलमा रहेका बेला बेलायतको एक पुरानो शैक्षिक संस्थाको आफ्नो वरिष्ठ पदमै एआई च्याटबट नियुक्त गर्ने यो कदमले शिक्षामा बढ्दो एआईको प्रयोग दर्शाउने प्रविधि विज्ञहरूको आँकलन छ।

corrent noodles
Metro Mart

'एक अत्यन्तै राम्ररी तालिम प्राप्त सहकर्मी सधैंंभरी निर्णय लिन र नीति निर्माणमा सघाउन आफ्नो वरिपरी रहने सुविधाले मलाई महत्वपूर्ण सहयोग हुनेछ,' विद्यालयका प्राधानाध्यापक टमले टेलीग्राफसँग भनेका छन्, 'कुनै कुरा आफूलाई थाहा नहुँदा मैले अब उत्तरको लागि पर्खिरहन परेन।'

त्यस्तै, विद्यालयले उपयुक्त मानव उम्मेद्वार नभेटेको भन्दै एआई च्याटबटलाई नै एआई विभागको प्रमुख बनाउनुपरेको उल्लेख गरेको छ। सो विद्यालयले केही समय अगाडि मात्रै आफ्नो लागि एआई विभाग प्रमुख पदमा निवेदन माग गरेको थियो।

प्रकाशित: Nov 12, 2023| 08:30 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्