शनिबार, जेठ ५, २०८१

एपेक साइडलाइनमा सी-बाइडेन भेटवार्ता हुने 

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

बेइजिङ- अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नोभेम्बर १४ देखि १७ सम्म चीन–अमेरिका शिखर बैठक र ३०औँ एपेक आर्थिक नेताहरूको बैठकमा सहभागी हुन सानफ्रान्सिस्कोमा रहने चिनियाँ विदेश मन्त्रालयका हुवा चुनयिङले बताएकी छन्। 

triton college

चीन-अमेरिका सम्बन्ध सुधार गर्न रणनीतिक, व्यापक र मौलिक महत्वका विषयहरू र विश्व शान्ति र विकासका प्रमुख मुद्दाहरूमा दुवै राष्ट्रापतिबीच गम्भीर छलफल हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। 

बाइडेनको निमन्त्रणामा सीको एपेक भ्रमणले एसिया-प्रशान्त आर्थिक सहयोगलाई चीनले दिएको ठूलो महत्त्व झल्काएको पनि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

विश्व अर्थतन्त्रमा अस्थिरता र अनिश्चितताका बढ्दो कारकहरूको साथमा एशिया-प्रशान्तको लागि विश्वव्यापी वृद्धिको नेतृत्व गर्ने आर्थिक इन्जिन बन्ने अपेक्षा गरिएको चिनियाँ सत्ताको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। 

एपेक एशिया-प्रशान्त क्षेत्रमा आर्थिक सहयोगको लागि एक प्रमुख मञ्च हो। राष्ट्रपति सीले बैठकमा एसिया-प्रशान्त सहयोगलाई गहिरो बनाउने र क्षेत्रीय तथा विश्वव्यापी वृद्धिलाई अघि बढाउन चीनका प्रमुख प्रस्तावहरूबारे जानकारी गराइने पनि उल्लेख गरिइएको छ।

corrent noodles
Metro Mart

विश्वका दुई ठूला शक्ति राष्ट्रहरूले प्रविधि र अन्य क्षेत्रमा कडा प्रतिस्पर्धाका बाबजुद पनि हालैका महिनाहरूमा विभिन्न क्षेत्रहरूमा विभिन्न तहमा सम्पर्क पुनः सुरु गरेका छन् र बारम्बार अन्तरक्रियाहरू जारी राखेका छन्।

चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ अमेरिकी अर्थमन्त्री जेनेट येलेनसँग भेटवार्ता गरेका थिए। जुन चार महिनामा बेइजिङमा भएको वार्तापछिको दोस्रो भेटवार्ता हो। 

आगामी १४ नोभेम्बरदेखि हुने शिखर सम्मेलनमा अमेरिकाले जलवायु परिवर्तन र फेन्टानिल नियन्त्रण मुद्दाहरूमा सफलता खोज्दै संचार च्यानलहरू खुला राख्ने र विद्यमान संयन्त्रहरूलाई सुदृढ गर्ने अपेक्षा गरिएको क्रिस्टोफर न्युपोर्ट विश्वविद्यालयका राजनीति विज्ञानका सहायक प्राध्यापक सुन ताईले शुक्रबार ग्लोबल टाइम्सलाई बताएका छन्। 

चीनले आफ्नो खुलापन र बजारको आकर्षणलाई व्यापार र आर्थिक मामिलामार्फत विश्वको अर्थतन्त्रलाई नयाँ गति दिने उनले बताएका छन्। ताइवान मामिला र दक्षिण चीन सागर जस्ता अन्य संवेदनशील विषयहरू एजेन्डामा रहनसक्ने उनको भनाइ छ।  
 

प्रकाशित: Nov 12, 2023| 09:30 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्