शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गणतन्त्रमाथि प्रश्‍न उठ्यो, सरकारले नयाँ आन्दोलन सुरु गर्छ  : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्रमाथि प्रश्‍न उठ्यो, सरकारले नयाँ आन्दोलन सुरु गर्छ  : प्रधानमन्त्री प्रचण्ड

 |  शनिबार, कात्तिक २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन दुस्साहस गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस भएकोले सरकारले नयाँ आन्दोलन सुरु गर्ने बताए। 

उनले भने, कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन। मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो,’ उनले थपे, ‘हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो। सरकारबाट अहिले आन्दोलनको सुरुवात गरेका छौं र अझै नयाँ आन्दोलनको सुरुवात गर्छौं।

राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउँदै उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले देशमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार सुरु भएको बताए। यसैबेला सरकार ढाल्ने प्रयत्न भएको उनको भनाइ छ।
 

प्रकाशित: Nov 11, 2023| 12:54 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्