शुक्रबार, असार ६, २०८२

मतदातालाई सम्झिएर घरदैलो गर्दै रास्वपा

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले २, ३ र ४ मंसिरसम्म मतदातालाई धन्यवाद दिन घरदैलोमा जाने निर्णय गरेको हो।
 |  शुक्रबार, कात्तिक २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदातालाई सम्झिँदै निर्वाचन भएको एक वर्षपछि घरदैलो गर्ने भएको छ। रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले २, ३ र ४ मंसिरसम्म मतदातालाई धन्यवाद दिन घरदैलोमा जाने निर्णय गरेको हो।

‘गत ४ मंसिरमा मत दिई विजयी गराउने मतदाताको सम्मानमा मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको छ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ। रास्वपा गत वर्षको ४ मंसिर निर्वाचनमा  प्रतिनिधिसभामा २० स्थानमा विजयी बनेको थियो भने १० वैशाखको उपनिर्वाचनमा एक सिट जितेर सिट संख्या २१ पुगेको छ।

बैठकले केन्द्रीय सदस्य मोहनबहादुर थापाले केन्द्रीय समितिमा नरहन दिएको निवेदन सदर गरेको छ। बैठकले वडा अधिवेशन आयोजक समिति गठनसम्बन्धी विधि र प्रक्रिया तय गरेको रास्वपाले बताएको छ। 

रास्वपाले पार्टीको महाधिवेशन विधिसम्बन्धी थप छलफलका लागि ११, १२ र १३ मंसिरमा महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने निर्णय भएको जनाएको छ।

प्रकाशित: Nov 10, 2023| 13:24 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्