बुधबार, वैशाख १६, २०८३

थुनामुक्त माग गर्ने नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परे पनि सुनुवाइ स्थगित भएको हो।
 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

National life
kumari

काठमाडौं–नक्कली शरणार्थी प्रकरणमा मुछिएकाले रिहाइ हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा दर्ता गरेको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ।

आज न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परे पनि सुनुवाइ स्थगित भएको हो।

जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनू भनी आदेश गरेका नक्कली शरणार्थी प्रकरणका आरोपित बदर माग गरेर उच्च अदालत पुगेका थिए।तर, सरकारी वकिल कार्यालयले पनि धरौटीमा छुटेकालाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेर उच्च अदालतमा अर्को निवदेन हालेको छ।

प्रकाशित: Nov 09, 2023| 13:23 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्